२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद् बैठक बिहान ११:३० बजे बस्न लागेको र नियमित कार्यसूचीमाथि छलफल हुने एकमन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को कार्यविधिअनुसार सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।
राष्ट्रियसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन पनि छिट्टै अन्त्य गर्न लागेको स्रोतले जानकारी दिएको छ ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गरिएको थियो । स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij