Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, ४८७९० जना भाग्यमानीले मात्रै पाए १० कित्ता

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, ४८७९० जना भाग्यमानीले मात्रै पाए १० कित्ता


  • 5.2K
    Shares

    जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, ४८७९० जना भाग्यमानीले मात्रै पाए १० कित्ता
    images

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार साँझ बाडफाँट गरेकाे हो ।

    लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् । त्यस अनुसार २५ लाख ८७ हजार ४१२ जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

    माग भन्दा बढी आवेदन परेकोले धितो निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आवेदक मध्ये ४८ हजार ७९० जना भाग्यमानीले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।

    लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड भएको हो ।

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - १७:३६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij