Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

इमर्जिङ्ग नेपालको आईपीओ भर्ने आज अन्तिम दिन, कहाँबाट दिन सकिन्छ ?

इमर्जिङ्ग नेपालको आईपीओ भर्ने आज अन्तिम दिन, कहाँबाट दिन सकिन्छ ?


  • 3.5K
    Shares

    इमर्जिङ्ग नेपालको आईपीओ भर्ने आज अन्तिम दिन, कहाँबाट दिन सकिन्छ ?
    images

    इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा आज सम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले माघ २६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो ।

    कम्पनीले निष्कासन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

    उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

    इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - १४:३३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij