Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

गाउँपालिकाद्वारा निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा सन्चालन

गाउँपालिकाद्वारा निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा सन्चालन


  • 5.7K
    Shares

    गाउँपालिकाद्वारा निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा सन्चालन

    लमजुङ्ग जिल्लाको दूधपोखरी गाउँपालिकाले निशुल्क शिक्षक सेवा आयेग तयारी कक्षा सञ्चालन गरेको छ । आगामी चैत्र महिनामा हुन लागेको शिक्षक सेवा आयोग परीक्षालाई लक्षित गरी निशुल्क तयारी कक्षा सञ्चालन गरेको हो ।

    गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङले शिक्षामा स्थानिय शिक्षकको भूमिका महत्वपूर्ण रहने र बाहिरबाट आउने जाने शिक्षक हुने गरेका कारण शिक्षा क्षेत्र एवं विद्यालयको पठनपाठन समेत प्रभावित भएकाले स्थानीय करार र राहत शिक्षकहरुलाई आयोगमा सफल गराउन यो प्रयास थालिएको बताईन ।

    महिला शिक्षकलाई प्रोत्साहन गर्न महिला लक्षित तयारी कक्षा सञ्चालन गरिएको र यसले अस्थायी, करार, राहत शिक्षकहरू विस्तापित नगराई स्थायी सेवामा प्रवेश गराउन सफलता मिल्ने विश्वास रहेको व्यक्त गरीन ।

    दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले शिक्षकहरूको सफलताका लागि गाउँपालिकाले महत्वपूर्ण निर्णय गरी कार्यक्रम सञ्चालन गरेकाले पालिकाको अपेक्षा समेत पूरा हुनेगरी तयारीमा लाग्न थप उत्प्रेरणा मिलोस भन्दै महिला लक्षित निशुल्क शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको बताए ।

    शिक्षा शाखा प्रमुख सुशिल नरालले शिक्षाको विकासका लागि शिक्षक स्वयम खटिनुपर्ने र त्यसका लागि शिक्षकको आफ्नै स्थायित्व महत्वपूर्ण हुने भएकाले समय सान्दर्भिक आयोग तयारि महत्वपूर्ण ठानी नेपालकै एक पृथक एवं नमुना कार्यक्रमको रुपमा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएका बताए । यस कार्यक्रबाट पालिकामा कार्यरत अस्थायी, करार, राहत करिब ७५ जना शिक्षकहरु प्रत्यक्ष लाभान्वित हुने जानकारी दिए ।

    शाखा प्रमुख नेपालले गाउँ पालिकामा रहेका ३० वटा विद्यालयहरुमा ७५ जना भन्दाबढी करार शिक्षकहरु रहेकाले उनीहरूको सफलताका लागि शुक्रबार र शनिवार प्रत्येक हप्ता कक्ष सञ्चालन गरिने साथै प्रत्येक सहभागीहरुलाई तयारीका लागि पुस्तक समेत प्रदान गरिएको जानकारी गराएका छन् । 

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - १२:४९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij