Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

संघीय शिक्षा ऐन तत्काल जारी गरिदै, देशभर ३० हजार शिक्षकको दरबन्दी रिक्त

संघीय शिक्षा ऐन तत्काल जारी गरिदै, देशभर ३० हजार शिक्षकको दरबन्दी रिक्त


  • 43.7K
    Shares

    संघीय शिक्षा ऐन तत्काल जारी गरिदै, देशभर ३० हजार शिक्षकको दरबन्दी रिक्त
    images

    शिक्षक सेवा आयोगले देशभरमा ३० हजार नयाँ दरबन्दी रिक्त हुन लागेकाे जनाएकाे छ । सरकारले नयाँ रिक्त दरबन्दी पूर्ति गर्न तत्कालै संघीय शिक्षा ऐन तत्काल जारी गर्ने लागेको स्रोतले जनाएको छ । संघीय शिक्षा ऐन फागुन भित्रै जारी गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

    राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अब सरकारले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने र रिक्त दरबन्दी समयमै व्यवस्था गर्नु पर्नेछ ।

    त्यसैका लागि मन्त्रालयले फागुन भित्रमा संघीय शिक्षा ऐन जारी गर्न आवश्यक रहेको र ऐन समयमै जारी भए आयोगले श्रावण पहिलो साता परिक्षा लिने गरी नयाँ दरबन्दी माग गर्ने तयारी थालेको छ ।

    शिक्षा नीति अनुसार दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्था क्रमशः गरिन लागिएको छ ।

    मन्त्रालय स्रोतका अनुसार केहि दिनमा संघीय शिक्षा ऐन जारी गरिने र राष्ट्रिय शिक्षा नीति अनुसार सबै सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी–शिक्षक अनुपात हेरी रिक्त हुन आउने ३० हजार दरबन्दी मिलान गरीने गरी तयारी थालिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - ११:५८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij