Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

भेटियो हराएको बालकुमारी माईको मूर्ति, बाजागाजासहित सुनाकोठी लगिँदै

भेटियो हराएको बालकुमारी माईको मूर्ति, बाजागाजासहित सुनाकोठी लगिँदै


  • 5.4K
    Shares

    भेटियो हराएको बालकुमारी माईको मूर्ति, बाजागाजासहित सुनाकोठी लगिँदै

    ललितपुर  महानगरपालिका २७ नम्बर वडा सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मूर्ति फेला परेको छ ।

    ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी महर्जनका अनुसार ललितपुरको हात्तिबनस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिरबाट शुक्रबार बिहान मूर्ति फेला परेको हो । 

    अहिले मूर्तिलाई सुनाकोठी ल्याउने तयारी भइरहेको छ । माघ ९ गते मूर्ति चोरी भएको थियो । सुनाकोठीका वडाध्यक्षले  मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।

    स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो। महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार मूर्ति भटेपछि मुचुल्का उठाएर पत्रकार सम्मेलन गरेको थियो। 

    प्रकाशित मिति :माघ २८ २०७८ शुक्रवार - १२:१२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij