२०८२ माघ ७ गते बुधवार
दयाहाङ राई र नम्रता श्रेष्ठ अभिनित सर्ट फिल्म ‘वरदान’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको केवल २४ मिनेटको वरदान फिल्म बिहीबार सार्वजनिक गरिएको हो।
मुख्य भूमिकामा श्रेष्ठ र राई रहेको फिल्ममा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन्।
शुभ मिडिया होमले निर्माण गरेको चलचित्रमा आत्महत्या रोकथामबारे जनचेतनामूलक कथा राखिएको छ। शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत तथा उत्तम न्यौपानेको साउन्ड डिजाइन फिल्ममा छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij