Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

साताको अन्तिम कारोबार दिन पनि ओरालो लाग्यो सेयर बजार, कतिको भयो कारोबार ?

साताको अन्तिम कारोबार दिन पनि ओरालो लाग्यो सेयर बजार, कतिको भयो कारोबार ?


  • 3.7K
    Shares

    साताको अन्तिम कारोबार दिन पनि ओरालो लाग्यो सेयर बजार, कतिको भयो कारोबार ?
    images

    साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ । नेप्से ०.४३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ५२७.२८ विन्दुमा झरेको छ ।

    कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८ सय ३८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रूपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको शेयर घटेको छ । आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । २५ करोड ४८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

    यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ४ प्रतिशतले घटेर एक हजार ६ सय ५६ रूपैयाँ कायम भएको छ । 
     

    प्रकाशित मिति :माघ २७ २०७८ बिहिवार - १६:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij