Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शिक्षक सेवा आयोग: ५२८४ आवेदकले आयोगको परीक्षा दिन नपाउने ( प्रदेश र विषयगत विवरण सहित)

शिक्षक सेवा आयोग: ५२८४ आवेदकले आयोगको परीक्षा दिन नपाउने ( प्रदेश र विषयगत विवरण सहित)


  • 32.6K
    Shares

    शिक्षक सेवा आयोग: ५२८४ आवेदकले आयोगको परीक्षा दिन नपाउने ( प्रदेश र विषयगत विवरण सहित)
    images

    शिक्षकको नयाँ पदपूर्तिको लागि शिक्षक सेवा आयोगले खुला गरेको विज्ञापनमा २ लाख ४० हजार ४ सय ४२ जनाले आवेदन दिएका छन् । १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको लागि गरएिको तिनै तहको खुला विज्ञापनमा २ लाख ४० हजार ४ सय ४२ जनाले परीक्षा दरखास्त फाराम भरेका हुन् । विभिन्न मितीमा गरीएको तिनै तहको खुला विज्ञापनमा दरखास्त आवेदन दिने समय समाप्त भइसकेको छ ।

    आयोगले मावि तहको १ हजार ५ सय ५२ रिक्त शिक्षक पदपूर्तिको लागि गरेको खुला विज्ञापनमा ३६ हजार ५ सय ८२ को आवेदन परेको छ । कुल आवेदक मध्ये ३५ हजार ५ सय ४५ जनाले रकम सहितको फाराम बुझाएका छन् भने ९ सय ९७ ले फाराम मात्र भरेर रकम बुझाएका छैनन् ।

    निम्न माध्यामिक तहमा ८८ हजार ५ सय १९ ले नयाँ शिक्षक पदपूर्तिको लागि आवेदन दिएका छन् । त्यसमध्ये ८५ हजार ६ सय ५३ ले मात्र रकम बुझाएका छन् भने २ हजार ८ सय ६५ जनाले फाराम भरेर पनि रकम बुझाएका छैनन् । एक जनाले भने देब्बर दस्तुर लाग्ने समयमा आवेदन दिएकोमा सिंगल दस्तुरको मात्र रकम बुझाएका छन् ।

    प्राथमिक तहको १३ हजार २ सय ९७ रिक्त शिक्षक पदका लागि १ लाख १५ हजार ३ सय ५१ जनाले आवेदन दिएका छन् । जसमा १४ सय २१ जनाले फाराम भरेर रकम बुझाएका छैनन् । यसरी फाराम भरेका तर रकम नबुझाएका कसैले पनि परीक्षामा सहभागि हुन नपाउने आयोगले जनाएको छ ।

    त्यसैगरी प्रदेशगत अन्तर्गत प्रदेश १ को मावि तहमा ८ हजार ८ सय ३२ र निम्न माध्यामिक तहमा २० हजार ९ सय २२ ले आवेदन दिएका छन् । मधेश प्रदेशमा मावि तहमा २ हजार २ सय ६ र निम्न माध्यामिक तहमा ६ हजार ४ सय ३०, वाग्मती प्रदेशमा मावि तहमा ७ हजार १ सय ८६ र निम्न माध्यामिक तहमा १३ हजार ५ सय ३८, गण्डकी प्रदेशमा मावि तहमा ७ हजार १ र निम्न माध्यामिक तहमा १५ हजार ४ सय ९३, लुम्बीनी प्रदेशमा मावि तहमा ४ हजार ९ सय २३ र निम्न माध्यामिक तहमा १३ हजार ६ सय २४, कर्णली प्रदेशमा मावि तहमा १ हजार ६ सय २५ र निम्न माध्यामिक तहमा ५ हजार १ सय ९९ र सुदुर पश्चिम प्रदेशमा मावि तहमा ३ हजार ७ सय ७२ र निम्न माध्यामिक तहमा १० हजार ४ सय ४७ जनाले नयाँ शिक्षक पदपूर्तिको लागि आवेदन दिएका छन् ।

    माध्यमिक तहको विषयगत तर्फ नपाली विषयका लागि मागेको संख्या २ सय ३३ मा १० हजार १ सय ३३ जनाको आवेदन परेको छ । अंग्रेजी विषयको लागि २ सय १३ माग संख्यामा ८ हजार ९ सय ५६, गणीत विषयमा २ सय ८९ माग संख्यामा ३ हजार ७ सय ४९, विज्ञानमा ४ सय ३६ माग संख्यामा २ हजार ९ सय २३, सामाजिक विषयमा २ सय १ माग संख्यामा ८ हजार १ सय ३२, अर्थशास्त्रमा १० जनाको माग संख्यामा १ सय ६२, कार्यालय सञ्चालन लेखामा ५१ जना माग संख्यामा १ सय ५१ जनाले आवेदन दिएका छन् ।

    त्यसैगरी कर्णाली प्रदेशका लागि मात्र शिक्षा विषयको १ जना माग गरीएकोमा ५३ जनाले आवेदन दिएका छन् । कर्णली प्रदेश र मधेश प्रदेशका लागि स्वास्थ्य विषयको २ जनाको मागमा ६६ जनाले आवेदन दिएका छन् । मधेश र गण्डकी प्रदेशका लागि शुल्क एजुर्वेद २ जनाको लागि ५ जनाको आवेदन परेको छ । मधेश र बाग्मती प्रदेशका लागि संस्कृत व्याकरणमा २ जनाको लागि ७ जना, प्रदेश १ र सुदुरपश्चिम प्रदेशका लागि संस्कृत भाषामा ३ जना मागमा १६ जना, कम्प्युटर विज्ञानमा ( मधेश र बाग्मती प्रदेश बाहेक ) ६ जनाको मागमा १ सय ८२ जना, संस्कृत साहित्य (लुम्बिनि प्रदेशमा मात्र) १ जनाको मागमा ४ जना र संस्कृत न्याय विषयमा ( बाग्मती प्रदेशको लागि मात्र) १ जनाको मागमा ६ जनाले आवेदन दिएका छन् ।

    निम्न माध्यामिक तहको विषयगतमा नेपाली विषमा ४ सय ४० माग संख्यामा ३२ हजार ३ सय ४१ जनाले आवेदन दिएका छन् । अंग्रेजी विषयको ६ सय २५ माग संख्यामा १८ हजार ३ सय ४९ , गणीत विषयमा ३ सय ७२ माग संख्यामा ८ हजार ९ सय ५४, विज्ञान विषयमा ४ सय ४० माग संख्यामा २ हजार ८ सय ७१, सामाजीक ३ सय ५५ माग संख्यामा २२ हजार ३ सय ८२, गणित विज्ञानसँगै ३ सय ६४ माग संख्यामा ७ सय ७८, शुल्क एजुर्वेद ( प्रदेश १ मा मात्र) १ जना माग गरीएकोमा कसैले पनि आवेदन भरेका छैनन् ।

    त्यसैगरी संस्कृत व्याकरण विषयमा (प्रदेश १, गण्डकी र लुम्बुनी प्रदेशका लागि) ३ जना माग गरीएकोमा ११ जनाको आवेदन परेको छ । संस्कृत भाषाका लागि ( मधेश, कर्णाली,सुदुर पश्चिम प्रदेश) ४ जनाको माग संख्यामा १५ जनाको र कर्मकाण्डमा (बाग्मती प्रदेश) १ जनाको मागमा ६ जनाको आवेदन परेको छ ।

    प्रकाशित मिति :माघ २७ २०७८ बिहिवार - १३:५२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij