Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाँकेमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु


  • 7.3K
    Shares

    बाँकेमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु

    बाँकेमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अनुसार रोल्पा र दाङका एक–एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

    रोल्पा, लिवाङकी ४२ वर्षीया र दाङको बबईकी ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ । रोल्पाकी महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा आइतबार बिहान ३:३० बजे मृत्यु भएको हो ।

    त्यस्तै दाङकी महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । उनको आइतबार बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १०:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij