Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

रेमिट्यान्स घट्ने क्रम रोकिएन, छ महिनामा ५.५ प्रतिशतले घट्यो

रेमिट्यान्स घट्ने क्रम रोकिएन, छ महिनामा ५.५ प्रतिशतले घट्यो


  • 3.5K
    Shares

    रेमिट्यान्स घट्ने क्रम रोकिएन, छ महिनामा ५.५ प्रतिशतले घट्यो
    images

    काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कमा यस्तो देखिएको हो । 

    उक्त तथ्यांक अनुसार चालू आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु.४६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १,६७,५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १,३०,२१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

    प्रकाशित मिति :माघ २६ २०७८ बुधवार - १६:५०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij