Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शिक्षकहरूको उमेरहदको विषयमा शिक्षामन्त्रीले जनाए यस्तो प्रतिबद्धता

शिक्षकहरूको उमेरहदको विषयमा शिक्षामन्त्रीले जनाए यस्तो प्रतिबद्धता


  • 8.7K
    Shares

    शिक्षकहरूको उमेरहदको विषयमा शिक्षामन्त्रीले जनाए यस्तो प्रतिबद्धता
    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्ने बताएका छन् । शिक्षक सेवा आयोगको २३ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले शिक्षकको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको र शिक्षकले पनि कतव्र्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे । 

    “शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको सन्देश गएको छ” उनले भने, “शिक्षक सम्मानित पेसा हो यसलाई दिगो बनाइ राख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनपर्छ ।”

    उनले शिक्षक सेवा आयोग, नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उत्तिकै भूमिका रहनेमा जोड दिए । शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया अगाडि बढाएको भन्दै अध्यापन अनुमतिपत्रको विज्ञापन पनि चाँडै खोल्न निर्देशन दिए । 

    शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन प्रक्रिया अगाडि बढाउन विलम्ब गर्न नहुने भन्दै कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्ने बताए । उनले एक्सनपछि रियाक्सन हुने भन्दै शिक्षकको उमेरहद विषयलाई वार्तामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    यस्तै, राज्यमन्त्री बोधकुमारीमाया यादवले तीनै तहको विज्ञापन र आन्तरिक बढुवाको प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरिन् ।

    शिक्षा सचिव यादवप्रसाद कोइरालाले शिक्षकलाई आफ्नो जिम्मेवारीप्रति बफादार हुनुपर्ने बताए । शिक्षक सेवा आयोगको परीक्षामाथि विभिन्न प्रकारका प्रश्न उठ्न सक्ने भन्दै लोकसेवा आयोगले जस्तै परीक्षामा पारदर्शी हुनेमा विश्वस्त तुल्याए । उनले लिडरको भिजनले नयाँ काम गर्न सकिने बताउँदै चुनौतिसँग जुद्धै सवल पक्षलाई ग्रहण गरी अघि बढ्नुपर्ने बताए । 

    आयोगका अध्यक्ष मधुसुदन रेग्मीले आयोगले सञ्चालन गर्ने परीक्षा स्वतन्त्र र मर्यादित हुने भन्दै दुई लाख ३५ हजार पाँच सयभन्दा बढीले शिक्षक दरबन्दीका लागि दरखास्त दिएको जानकारी दिए । 

    प्रकाशित मिति :माघ २६ २०७८ बुधवार - १२:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij