Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


  • 9.3K
    Shares

    पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  ।

    यससँगै हालसम्म मुलुकभर कूल २ लाख ६४ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ लाख ५७ हजार ९ सय २८ जना संक्रमित निको भइसकेका छन् । शनिवार मात्रै ६ सय ९९ जना संक्रमित निको भएका छन् । मुलुकभर हालसम्म ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । 

    मन्त्रालयका अनुसार, शनिवार ३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ । 

    प्रकाशित मिति :पौष २५ २०७७ शनिवार - १६:०४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij