Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिकङमा कारोबार नगर्नू : राष्ट्र बैंक

क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिकङमा कारोबार नगर्नू : राष्ट्र बैंक


  • 4.3K
    Shares

    क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिकङमा कारोबार नगर्नू : राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार नगर्न पुनः सचेत गराएको छ ।

    बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा चेतनामुलक सामाग्री प्रकाशन गर्दै छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम रहेको जनाएको छ ।

    मंगलबार जारी चेतनामुलक सामाग्रीमा राष्ट्र बैंकले भनेको छ, “पछिल्लो दशकमा विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गरेको सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको छ । यसैगरी, विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्क मार्केटिङ व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि सञ्चार माध्यममा आएको छ ।"

    राष्ट्र बैंकले अगाडि भनेको छ, "छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनेतथा कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समयसमयमा सूचना प्रकाशन गरी आह्वान गर्दै आएको छ ।”

    प्रकाशित मिति :माघ २५ २०७८ मंगलवार - १८:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij