२०८२ माघ १० गते शनिवार
काठमाडौं । सेयर कारोबारको अघिल्लो दिन अर्थात् सोमबार १५.६९ अंकले बढेको नेप्से मंगलबार १६.३० अंकले ओरालो लागेको छ। नेप्से २८३५.५८ मा बन्द हुँदा कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ। यसदिन २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर ६ अर्ब २८ करोड २१ लाख ७ हजार ९८५ रुपैयँमा किनबेच भयो।
यसअघि सोमबार २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ। सेन्सेटिभ इन्डेक्स २.८२ अंकले घटेर ५३२.४९ विन्दुमा अडेको छ।
कारोबारमा आएका १३ समूहमध्ये ५ को मात्र सूचक सामान्य बढेको छ। सामूहिक लगानीको ०.४७,निर्जीव विमाको ०.४३,उत्पादन समूहको ०.३८, होटल तथा पर्यटनको ०.१२ र व्यापारको ०.०९ प्रतिशतले सूचक बढेको हो।
यस्तै लगानीको १.५४,जीवन विमाको १.०७,जलविद्युतको १.५४, डेभलपमेन्ट बैंकको १.०२ प्रतिशतले सूचक घटेको हो। बाँकी अन्य समूहको सूचक ०.९ देखि ०.६५ प्रतिशतसम्म ओरालो लागेको हो।
यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा अरुण हाइड्रो पावर अग्रस्थानमा रह्यो । सो कम्पनीको ३५ करोड बढीको सेयर कारोबार भयो। अपी पावर कम्पनीको ३३ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij