Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संसद विघटनविरुद्ध प्रदर्शन गर्दै डा. गोबिन्द केसी सडकमा

संसद विघटनविरुद्ध प्रदर्शन गर्दै डा. गोबिन्द केसी सडकमा


  • 7.0K
    Shares

    संसद विघटनविरुद्ध प्रदर्शन गर्दै डा. गोबिन्द केसी सडकमा

    काठमाडौं । प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदम विरोधमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ ।

    संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै उनीहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् । प्रदर्शनमा डा. गोविन्द केसी ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित सहभागी भएका थिए ।

    त्यसक्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा. केसी लगायतलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य नरहेकाले केपी शर्मा ओली वैध प्रधानमन्त्री नभएको बताए । 

    अधिवक्ता ओमप्रकाश अर्यालले संविधानवाद र लोकतन्त्र रक्षाका लागि संसद पुनस्र्थपना हुनुपर्नेमा जोड दिए । नेपालको संविधान र लोकतन्त्र धरापमा परेको उनले बताए ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसको विरोधमा संसदमा एक दर्जन रिट दर्ता भएका छन् ।

    प्रकाशित मिति :पौष २५ २०७७ शनिवार - १५:३९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij