Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

६ निर्जीवन बीमा कम्पनीको बोनस सार्वजनिक, कुनको कति ?

६ निर्जीवन बीमा कम्पनीको बोनस सार्वजनिक, कुनको कति ?


  • 4.2K
    Shares

    ६ निर्जीवन बीमा कम्पनीको बोनस सार्वजनिक, कुनको कति ?
    images

    काठमाडौं । हाल सञ्चालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरूमध्ये हाल सम्म ६ वटा कम्पनीले बोनस सार्वजनिक गरेका छन् । बोनस सार्वजनिक गर्नेमा हिमालयन जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् । 

    १. हिमालयन जनरल इन्स्योरेन्स
    हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरि कुल ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    २. सिद्धार्थ इन्स्योरेन्स
    सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणका लागि नियमक निकाय बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ ।

    ३. प्रिमियर इन्स्योरेन्स
    प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    ४. प्रभु इन्स्योरेन्स
    प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत गरी ११.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

    ५. नेको इन्स्योरेन्स
    नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    ६. एनएलजी इन्स्योरेन्स
    एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

     

    प्रकाशित मिति :माघ २५ २०७८ मंगलवार - ११:३८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij