२०८२ माघ १० गते शनिवार
प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनी सञ्चालक समितिको माघ २४ गते सम्पन्न बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij