Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

१५.६९ अंकले बढ्यो नेप्से परिसूचक: १० कम्पनीको सेयर मूल्य वृद्धि, कसको कति ?

१५.६९ अंकले बढ्यो नेप्से परिसूचक: १० कम्पनीको सेयर मूल्य वृद्धि, कसको कति ?


  • 3.6K
    Shares

    १५.६९ अंकले बढ्यो नेप्से परिसूचक: १० कम्पनीको सेयर मूल्य वृद्धि, कसको कति ?
    images

    कारोबारको अघिल्लो दिन अर्थात् आइतबार ४०.५७ अंकले ओरालो लागेको नेप्से परिसूचक आज १५.६९ अंकले वृद्धि भएको छ। यसदिन सूचक २८ सय ५१.८६ विन्दुमा पुगेर बन्द भएको हो।

    नेप्से बढेपनि कारोबार रकम भने खुम्चिएको छ। यसदिन ५ अर्ब बराबरको सेयर खरिदबिक्री भयो। यसअघि आइतबार ५ अर्ब ८३ करोड ६४ लाख बढीको सेयर कारोबार भएको थियो।

    साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँमा खरिदबिक्री भयो। यसदिन सेन्सेटिभ इन्डेक्स पनि ३.०५ अंकले वृद्धि भएको छ। 

    कारोबारमा आएका १३ समूहमध्ये १० समूहको सूचक बढेको छ। यसदिन लगानी समूहको सर्वाधिक ३.०६ प्रतिशतले सेयर मूल्य बढेको हो। यस्तै अन्य समूहको २.४१ अंकले सेयर मूल्य बढ्दा व्यापार, डेभलपमेन्ट बैंक, जलविद्युत, फाइनान्स, निर्जीव विमा, जीवन विमा,सामूहिक लगानी कोषको ०.२ देखि ०.५२ प्रतिशतसम्म मूल्य बढैको छ।

    १० समूहको सूचक वृद्धि हुँदा बैंकिङ, होटल तथा पर्यटन र लघुवित्तको मूल्य भने ओरालो लागेको हो। बैंकिङको ०.२१ प्रतिशत, होटल तथा पर्यटनको ०.१४ र लघुवित्तको ०.०८ प्रतिशतले सूचक ओरालो लागेको हो।
     
    यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। यसदिन कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड बढीको सेयर कारोबार भयो।

    nepse-_20220207094546.jpg

    प्रकाशित मिति :माघ २४ २०७८ सोमवार - १५:४२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij