Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बुधबारदेखि बिक्रीमा, फागुन १ गतेसम्म आवेदन दिन सकिने

इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बुधबारदेखि बिक्रीमा, फागुन १ गतेसम्म आवेदन दिन सकिने


  • 5.0K
    Shares

    इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बुधबारदेखि  बिक्रीमा, फागुन १ गतेसम्म आवेदन दिन सकिने
    images

    काठमाडौं । इमर्जिङ नेपालले बुधबार (माघ २६ गते)देखि ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा सो आइपीओ बिक्रीमा ल्याउन लागेको हो ।

    जसमा २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ लाख ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

    लगानीकर्ताले सो आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा आइपीओ बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।

    बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :माघ २४ २०७८ सोमवार - १३:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij