Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

विद्यालय सञ्चालनबारे निर्णय गर्ने अधिकार सिसिएमसीलाई, बन्द बिद्यालय खोल्ने निर्णय गर्न आज बैठक बस्दै

विद्यालय सञ्चालनबारे निर्णय गर्ने अधिकार सिसिएमसीलाई, बन्द बिद्यालय खोल्ने निर्णय गर्न आज बैठक बस्दै


  • 5.3K
    Shares

    विद्यालय सञ्चालनबारे निर्णय गर्ने अधिकार सिसिएमसीलाई, बन्द बिद्यालय खोल्ने निर्णय गर्न आज बैठक बस्दै
    images

    कोराेना महामारीको तेस्रो लहरका कारण बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु गरिएकाे छ। शिक्षालयसँगै विभिन्न सेवा क्षेत्र सञ्चालन र सहजीकरणबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकारवालाहरुसँग छलफल गरेकाे हाे।

    प्राप्त सुझावका आधारमा आज आइतबार सीसीएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ। शुक्रबारकाे बैठकमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासंघका अध्यक्षा कमला तुलाधरलगायतको सहभागिता थियो।

    आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सीसीएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने नेसनल प्याब्सनका अध्यक्ष सापकोटाले सुझाव दिइएका छन्। पर्सि मंगलबारसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले आग्रह गरेकाे छ।

    थप निर्णय र सिफारिस आजको सीसीएमसीको बैठकले गर्नेछ। काठमाडौंलगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले यही माघ मसान्तसम्मका लागि शिक्षालयलगायत सेवा बन्दको आदेश जारी गरेका छन्। तर काठमाडौं​का गोकर्णेश्वरलगायत नगरपालिकामा आफूखुसी विद्यालय खोल्न थालिएको छ।

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १४:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij