Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

यस्तो छ इसीडी शिक्षकहरूको माग

यस्तो छ इसीडी शिक्षकहरूको माग


  • 4.5K
    Shares

    यस्तो छ इसीडी शिक्षकहरूको माग
    images

    प्रारम्भिक बालविकास सहजकर्ता इसीडी शिक्षकहरूले प्राथमिक तह वा सो सरहको सेवा तथा दरबन्दीको माग गरेका छन् । संघीय सरकारले तोकेअनुसार न्युनतम पारिश्रमिक १५ हजार नपाएपछि देशभर आन्दोलनमा रहेका शिक्षकहरूले सो माग गरेका हुन्। 

    सुनसरीस्थित इनरुवाकी इसीडी शिक्षक सोनु राना मगर भन्छिन्, ‘हामीहरूलाई सरकारले प्राथमिक वा सो सरहको सेवा तथा दरबन्दी दिनुपर्छ ।’ त्यसैगरी इसीडी शिक्षक सीता जोशीले पनि प्राथमिक तह सरह सेवासुविधा हुनुपर्ने माग गरेकी छिन् ।  

    अर्की शिक्षक भिमकुमारी न्यौपानेले आफूहरूलाई संघीय सरकारले सीधै तलब खातामा हाल्दिनु पर्ने बताएकी छिन्। उनी भन्छिन्, ‘जागिर छोडेका दिन रित्तो नभइयोस् । सञ्चयकोषमा जम्मा गरिदिनुहोस् । हामीलाई आफ्नै खातामा तलब आउने वातावरण बनाइयोस् ।’

    इसीडी शिक्षकले बालविकास कक्षा बालमैत्री नभएको बताउँदै बालमैत्री बनाइदिन सरकारसँग आग्रह गरेका छन् । बालबालिकालाई अपर्याप्त शैक्षिक सामग्री भएका कारण उनीहरूलाई समस्या भएको बताए । ‘कक्षाकोठाको उचित व्यावस्थापन र बालमैत्री हुन आवश्यक छ । पर्याप्त सामग्रीको अभाव छ ।’, शिक्षक रविना मगरले भनिन् । 

    तलब, दरबन्दीलगायत विषयमा २५ पुस आइतबार नेपाल बालविकास शिक्षक, केन्द्रीय समिति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई शिक्षा मन्त्रालयमै भेटेर माग राखेका थिए । (वेबटिभी खबर)

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १३:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij