Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप, परीक्षा बोर्डद्वारा नतिजा सार्वजनिक, ४ जनाको सबै परीक्षा रुद्ध

रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप, परीक्षा बोर्डद्वारा नतिजा सार्वजनिक, ४ जनाको सबै परीक्षा रुद्ध


  • 5.9K
    Shares

    रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप, परीक्षा बोर्डद्वारा नतिजा सार्वजनिक, ४ जनाको सबै परीक्षा रुद्ध
    images

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप गरेको छ ।

    शैक्षिक सत्र २०७८–७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम विविध कारणले बोर्डका कार्यालयहरूमा बुझाउन छुट भएका विद्यार्थीहरूका लागि २०७८ माघ मसान्तभित्र दोब्बर दस्तुर (प्रति विद्यार्थी रु.८००) सहित सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यालयहरूमा फाराम बुझाउने गरी रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप गरेको हो ।

    बोर्डले यसअघि माघ ७ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा फारम बुझाउन सूचित गरिएको थियो । बोर्डका सम्पूर्ण कार्यालयहरूले आ–आफ्नो कार्य क्षेत्रभित्रका विद्यालयहरुलाई जानकारी गराउन समेत सूचना मार्फत निर्देशन दिएको छ ।

    11111.jpg

    यसैगरी बोर्ड ले कक्षा १२ को ग्रेडवृद्धि  (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले  २०७८ साल माघ २ र ३ गते सञ्चालन गरेको  कक्षा १२ को ग्रेडवृद्धि  (पूरक) परीक्षार्थीहरुको परीक्षाफल बोर्डको माघ २१ गतेको निर्णयानुसार प्रकाशित गरेको हो ।

    सो परीक्षामा ४२ हजार ४७ जना विद्यार्थी सहभागी रहेका थिए । सो परीक्षामा सम्मिलित परीक्षार्थीहरु मध्ये चार जना विद्यार्थीको सम्पूर्ण परीक्षा बोर्डले रद्द गरेको छ । रोलनम्बर ९३१००४४३, ९३१००८२५, ९६९०००६५, र ९७१००९२४ भएका विद्यार्थीको सम्पूर्ण परीक्षा रद्द गरेको  बोर्डद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ : Website : १. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np २. नेपाल टेलिकमको website : www.neb.ntc.net.np SMS सेवा : नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाईप गरी १६०० मा SMS गर्ने । IVR सेवा : नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

    परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि २०७७ सालमा विद्यालयद्वारा सञ्चालित कक्षा ११ को परीक्षामा सैद्धान्तिकतर्फ डी प्लसर  प्रयोगात्मकतर्फ सी ग्रेड प्राप्त गरेको ग्रेडसिटको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न गर्नुपर्ने छ।

    परीक्षाफल प्रकाशन पश्चात् आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले प्रति विषय रु. ५०० का दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिट-मार्कसिट वा वेबसाइटबाट डाउनलोड गरेको ग्रेडसिट-मार्कसिट संलग्न गरी परीक्षाफल प्रकाशन भएको मितिले १५ दिन भित्र बोर्डको सम्बन्धित कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा आवेदन दिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

    पूरक परीक्षामा सहभागी भई तोकिएको न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थीहरुले २०७९ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा ग्रेडवृद्धि परीक्षार्थीको रुपमा सहभागी हुन चाहेमा माघ मसान्तभित्र विलम्ब शुल्करहित सो समयभित्र दाखिला गर्न नसकेमा  २०७८ फागुन ५ गतेभित्र विलम्ब शुल्कसहित परीक्षा आवेदन वापत रकम दाखिला गरी फागुन ७ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरुमा आवेदन फाराम बुझाउन सकिने बोर्डले व्यवस्था गरेको  छ।

    neb-exam-result-1_l97ybWe.jpg

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १३:१४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij