२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । बिरोधी माथि आक्रामक ढंगले खनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभामा "निर्मलाको बलात्कारी खै ?" लेखिएको टिसर्ट लगाएका युवकहरुलाई प्रहरीले चिलले चल्ला समाते झैँ गरि नियन्त्रणमा लिएको छ ।
शुक्रबार धनगढीमा प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा "निर्मलाको बलात्कारी खै ?" लेखिएको टिसर्ट लगाएर युवाहरू कार्यक्रमस्थल पसेका थिए । यस अघि प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कालो माक्स र गलबन्दी लगाउनेलाई कार्यक्रम बाट निकालिने गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६ जना युवकलाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij