Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्थायी शिक्षकका लागि आवेदन दिने आज अन्तिम दिन, कुन तहमा कतिले दिए आवेदन ? (विवरण सहित)

स्थायी शिक्षकका लागि आवेदन दिने आज अन्तिम दिन, कुन तहमा कतिले दिए आवेदन ? (विवरण सहित)


  • 21.1K
    Shares

    • images
    स्थायी शिक्षकका लागि आवेदन दिने आज अन्तिम दिन, कुन तहमा कतिले दिए आवेदन ? (विवरण सहित)
    images

    काठमडौँँ । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् ।

    शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ । योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताएका छन् ।

    उनका अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरेका छन् र अझै करिब ७ सयको आवेदन पर्न सक्ने आँकलन गरिएको छ ।

    सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ र निम्न माध्यमिक विद्यालय तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् ।

    प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा हिजो बिहीबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन् ।

    सबै तथ्यांक संकलन गर्दा तीन तहको परीक्षामा करिब २ लाख ३७ हजार जनाको आवेदन पर्ने अनुमान गरिएको मरहठ्ठाले बताए ।

    आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ । त्यसै गरी निमाविको चैत १७ र प्राविको चैत १९ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको छ । त्यस्तै खुला बढुवातर्फ २१ चैतमा परीक्षा गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :माघ २१ २०७८ शुक्रवार - १५:३९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij