Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एशियन लाइफ इन्स्योरेन्सको २७ प्रतिशत लाभांश पारित, बोनस कति ?

एशियन लाइफ इन्स्योरेन्सको २७ प्रतिशत लाभांश पारित, बोनस कति ?


  • 4.1K
    Shares

    एशियन लाइफ इन्स्योरेन्सको २७ प्रतिशत लाभांश पारित, बोनस कति ?
    images

    एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

    सभाले संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा लाभांश वितरण, २०७६/७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।

    साधारण सभाले हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९०‌ हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरी पारित गरेको छ । 

    त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरी पारित गरेको कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :माघ २१ २०७८ शुक्रवार - १४:५९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij