Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

‘डिजिटल नेटवर्किङ’ मा नलाग्न अर्थमन्त्री शर्माले गरे यस्तो आग्रह

‘डिजिटल नेटवर्किङ’ मा नलाग्न अर्थमन्त्री शर्माले गरे यस्तो आग्रह


  • 3.8K
    Shares

    ‘डिजिटल नेटवर्किङ’ मा नलाग्न अर्थमन्त्री शर्माले  गरे  यस्तो आग्रह
    images

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।

    माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई हिजो (बिहीबार) सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकाले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे ।

    उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादकत्व बढाउने काममा सक्रिय हुन उनले आग्रह गरे ।

    प्रकाशित मिति :माघ २१ २०७८ शुक्रवार - १४:४३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij