२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले २३ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सामाजिक एवं भौतिक दूरीको पालना, स्वास्थ्य र सुरक्षाका सबै मापदण्य पालना गरी पूर्ण सजगताका साथ विद्यालयमा २३ गते देखि विद्यालय सञ्चालन निर्णय गरेका हो ।
नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीको चाहना तथा मागअनुसार शिक्षा समितिको १८ गते बसेको बैठकले नगरपालिकाभित्रका सबै विद्यालय, शिक्षालय भौतिक रुपमा खुल्ने निर्णय भएको जनाएको छ ।
नगरपालिका भित्रका १२ वर्ष माथिका ९० प्रतिशत विद्यार्थीले कोरोना विरुद्धको खोेप लगाइसकेको हुनाले विद्यालय भौतिक रुपमा आलोपालो प्रणाली अपनाएर सञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ ।
विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना भए नभएको नगरपालिकाबाट अनुगमन गरिने र सो अनुसार नपाइएमा नियमानुसार भइजाने व्याहोरा समेत सूचनामा उल्लेख गरेको छ ।
यता काठमाडौंका सिडिओ गोविन्द प्रसाद रिजालले अर्को आदेश नभएसम्म विद्यालय खोल्न नपाइने बताए । विद्यालय खोल्ने विषयमा सीसीएमसीले कुनै सिफारिस नगरेको जानकारी दिँदै अर्को आदेश नभएसम्म कुनै पनि स्थानीय तहले आफ्नो क्षेत्रको विद्यालय खोल्न नपाइने बताए ।
त्यसैगरी बारा जिल्लाको सुवर्ण गाउँपालिकाले २१ गतेदेखि स्वास्थ सुरक्षाका मापदण्ड अपनाई भौतिक दुरी कायम गरी नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकामा कोभिड संक्रमितको संख्या नभएकोले विद्यालय खोल्ने गाउँ शिक्षा समितिले निर्णय गरेको जनाएको छ ।
बाग्लुङको गल्कोट नगरपालिकाले २३ गतेदेखि विद्यालय सञ्चालन गर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई अनुमति दिएको छ । पौष २७ गतेदेखि माघ २० गतेसम्मलाई मात्र विद्यालयहरुको पठनपाठन कार्य बन्द गर्न भनिएको भन्दै सिकाइ सहजिकरण निर्देशिका २०७७ बुँदा नंं. ३.२ मा उल्लेख भए अनुसार २३ गतेदेखि विद्यालय भौतिक रुपमा खोल्ने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाले कार्ययोजना विद्यालय व्यावस्थापन समितिबाट स्वीकृत गराई स्वीकत भएको कार्ययोजना नगरपालिकाको शिक्षा शाखामा अनिवार्य रुपमा पठाउन निर्देहन दिएको छ । साथै कोभिडको संक्रमण फैलिइ असहज परिस्थिति सृजना भएका सम्बन्धित वडासँग समन्वय गरी तत्काल पठनपाठन बन्द गर्न आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij