२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । पछिल्ला दिनमा प्रचण्ड र माधब नेपालका प्रति आगो ओकल्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल कहिल्यै पनि पार्टीमा निर्वाचित नेता बन्न नसकेको टिप्पणी गरेका छन् । हारेपछि पनि चरम आशक्त बन्दै नेपालले त्यही पद दावी गरेको आरोप ओलीको छ ।
आज धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले १५ वर्षसम्म माधव नेपालले आफ्नो समर्थनमा पार्टी सन्चालन गरे पनि पार्टी कार्यकर्ताबाट निर्वाचित नभएको बताए । त्यसबेला नेकपा एमालेको महासचिव प्रत्यक्ष निर्वाचित हुने प्रणाली थिएन ।
नेपालबारे टिप्पणी गर्दै ओलीले भने– माधव नेपालले १५ वर्ष मेरो समर्थनमा चलाउनुभयो, चुनाव नलडी । मसँग लड्न खोज्नुभयो, हार्नुभयो । हारेपछि उहाँलाई अध्यक्ष नभइ भएन । १५ वर्ष मेरो समर्थनमा चलाएपछि त छाडेको भए पनि हुन्थ्यो नि, हारे पनि पनि चाहियो रे ।
ओलीले माधव नेपालभन्दा आफू १० वर्षअघि पार्टीमा लागेको भन्दै नेपाललाई आफूले राजनीतिमा ल्याएको दावीसमेत गरे । आफु नेपाल भन्दा सिनियर भएको ओलीको संकेत थियो।
ओलीले जनसभामा भने– मैले महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गरेको बेला उहाँलाई २०२९ सालमा भेटेर ल्याएँ । २०३२ सालदेखि उहाँ पार्टीमा लाग्नुभयो, म २०२२ देखिनै लागेको हुँ ।
काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको थिएँ भन्दै ओलीले भने प्रचण्ड पनि काम लाग्छ्न् होला भनेर आफूले पार्टीमा ल्याए पनि सुधार्न नसकेको टिप्पणी गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij