२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले आइतबार (२३ माघ) परेको (वसन्तपञ्चमी व्रत) विद्याकी देवी सरस्वतीको पूजा आराधना घरमा नै गर्न आग्रह गरेको छ । भाइरससँग जाेगिदै यस वर्षको सरस्वती पूजा घरमै गर्न इकाइले आग्रह गरेकाे हाे ।
इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहाले मंगलबार सूचना जारी गर्दै जिल्लाका सामुदायिक विद्यालयमा पूजा आराधना नगर्न निर्देशन दिएका हुन् ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएको बताउँदै इकाइले भिडभाड गरेर सरस्वती पूजा नगर्न आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij