Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

जाल्पा सामुदायिक लघुवित्तले आइपिओ भोलिदेखि बिक्री खुला

जाल्पा सामुदायिक लघुवित्तले आइपिओ भोलिदेखि बिक्री खुला


  • 3.3K
    Shares

    जाल्पा सामुदायिक लघुवित्तले आइपिओ भोलिदेखि बिक्री खुला
    images

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। 

    संस्थाले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्न लागेको हो।

    लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्। 

    आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार माघ २१ गतेबाट बिक्री खुला हुने आइपिओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ।

    इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

    आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ। 

    पोखरामा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ।

    यो सँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै अवरुद्ध भएको आइपिओ निष्काशन प्रक्रिया सुरू भएको छ।

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - १३:४०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij