२०८२ मंसिर १३ गते शनिवार
आज विहिबार साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार १९.२९ अंक बढेर २८९१.३४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ७.२७ अंक बढेर २८९८.६१ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.१५ अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा २५ कम्पनीको ८५ लाख १६ हजार ४७४ रुपैयाँ १९ पैसा बराबरको १२ हजार ६५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij