२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई पार्टी छोडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन् ।कैलालीको धनगढीमा पार्टीको प्रदेश स्तरीय जनसभालाई सम्बोधन क्रममा उनले यस्तो बताएका हुन् ।
‘पार्टी छोडेर हिँडेका भगौडाहरुको कुरा सुनिरहनुभएको होला । तीनका कुरा सुनेर अर्थ छैन,’ उनले भने,‘पार्टी केन्द्रीय कमिटी बैठकमा नआएर सडकमा गएर गालीगलौज गरेर मुख छाडेर, पत्रिकामा लेखाएर, अश्लिल गाली गलौजका नाराहरु लगाउने काम भइरहेको छ।’
उनले मानिसहरु गालीगलौज गरेर हिँडेको भए पनि आफू भने देश बचाउन हिँडेको दाबी गरे । ओलीले लामो समयदेखि अघि बढ्न नसकेको पश्चिम सेती परियोजना आफ्नै लगानीमा भए पनि अघि बढाइने बताएका छन् ।
कैलालीको धनगढीमा आफ्नो समूहको प्रदेश स्तरीय जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘पश्चिम सेती अघि बढाइने छ आफ्नै लगानी होस् वा अरु लगानी खोजेर भए पनि,’ उनले भने,‘हामी त्यसको अध्ययन गर्दैछौं ।’
उनले सुदूरपश्चिमको बैतडीमा बन्ने भनिएको पञ्चेश्वर परियोजनको कामलाई पनि अघि बढाउन सरकारले पहल गरिरहेको बताए। सम्बोधनका क्रममा उनले सुदूरपश्चिम प्रदेशमा अघि बढ्न नसकेका परियोजना र अब हुने विकासका बारेमा प्रकाश पारिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij