२०८२ भाद्र ६ गते शुक्रवार
बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको न्युनतम तलब उपलब्ध गराएको छ ।
गाउँपालिकाकाे शिक्षा शाखाकाअनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा काम गर्ने इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
पालिकाभित्र ५१ जना इसीडी शिक्षक, ६२ जना विद्यालय सहयाेगी र १३ जना सहायक लेखापाल कार्यरत रहेको शिक्षा शाखाले जनाएको छ ।
न्युनतम तलब पुर्याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनु पर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् ।
संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij