२०८२ भाद्र ६ गते शुक्रवार
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । रोकिएका ती परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने बताइएको छ ।
जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा सुरु हुने भएको हो ।
यस्तै प्राइभेटतर्फका परीक्षार्थीहरूको परीक्षा पनि सञ्चालन हुने बताइएको छ । साथै परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा दिनु पर्ने कुन कुन कोड र विषय हो यसबारे यकिन गरेर मात्र परीक्षा दिनु पर्ने भन्दै सूचित गरेको छ । परीक्षा फारम छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमा निर्धारित समयमै अतिरिक्त दस्तुर बुझाएर फारम भर्न पाउने बताइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, 'यसै कार्यक्रमानुसार ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने बुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई दोव्वर दस्तुर सहित २०७८ माघ २१ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७८ माघ २५ गतेभित्र र प्राइभेट परीक्षार्थीहरुले २०७८ माघ २४ र २५ गतेका दिन आवश्यक प्रक्रिया पुर्याई परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाइसक्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij