Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ट्युसन नपढेरै बिमलले माध्यमिक तहमा १ नम्बरमै यसरी निकाले नाम ? तयारी गर्नेहरुलाई दिए यस्तो सुझाव !

ट्युसन नपढेरै बिमलले माध्यमिक तहमा १ नम्बरमै यसरी निकाले नाम ? तयारी गर्नेहरुलाई दिए यस्तो सुझाव !


  • 13.6K
    Shares

    ट्युसन नपढेरै बिमलले माध्यमिक तहमा १ नम्बरमै यसरी निकाले नाम ? तयारी गर्नेहरुलाई दिए यस्तो सुझाव !
    images

    शिक्षक सेवा आयोग तयारी गर्ने साथीहरुका लागि मेरो अनुरोध । आफै तयारी नगरी हुन्न । विभिन्न किसिमका तयारी कक्षाको पछाडि नलाग्न आग्रह छ । यो सबै पैसा र समय नाश हुने मात्रै हो। मैले कुनै कक्षा नलिइकन शिक्षक सेवा आयोग २०७२ पुर्वाञ्चल विकास क्षेत्रवाट मा।बि।गणित विषयमा १ नम्बरमा नाम निकाल्न सफल भए।

    साथीहरु विभिन्न लेखकहरुको पुस्तक जोडेर घरमै पढ्दै लेख्दै तयारी गर्नु होला । बस्तुगत प्रश्नोत्तरहरु साथीहरूसगँ मिलेर समस्या समाधान गर्नु वेश हुन्छ ।


    बिमल चौधरी

    पछिल्लो समयमा नेपालमा पनि शिक्षण पेसाप्रति आकर्षण बढ्दै गएको छ । विद्यालय शिक्षाको लागि विगतमा शिक्षक भर्ना गर्ने नीति नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन् ।

    सामुदायिक विद्यालयमा अहिले पनि १८ किसिमका शिक्षकहरू कार्यरत पाइन्छ । राज्यले शिक्षक व्यवस्थापनको लागि दिगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिलेसम्म शिक्षक स्थायी गर्ने सम्बन्धी कतिपय मुद्दाहरू जिउँका त्यूँ छन् ।

    अस्थायी शिक्षकहरूको समस्या समाधानका लागि विगतमा अनगिन्ती समिति र प्रतिवेदन तयार भएता पनि आसातित उपलब्धी हुन सकेको छैन । देश विकासको अपरिहार्य आधारभूत शर्त शिक्षा जस्तो संवेदनशील क्षेत्रमा राज्यको उदासीनता हुनु दुःखद हो । शिक्षा क्षेत्रमा देखिएका अनगिन्ती समस्याहरूमध्ये लामो समयसम्म अस्थायीरूपमा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट स्थायी गर्ने तौरतरिका विवादरहित हुन सकेको छैन ।

    विद्यमान नीतिअनुसार परीक्षा नदिई स्थायी हुन नसकिने भएकोले परीक्षाबाट डराउनुभन्दा पनि तयारी गरेर सम्मिलित भई स्थायी हुनुको विकल्प अहिलेसम्म अगाडि आएको छैन् । तथापि अहिलेको परिस्थतिमा स्वतः स्थायी हुने कल्पना धेरै परको विषय हो । तसर्थ अस्थायी शिक्षकहरूले धैर्यतापूर्वक परीक्षाको तयारी गरेर सशक्त र सहजरूपमा परीक्षा दिएर स्वाभिमानीपूर्वक स्थायी हुनु नै उत्तम विकल्प हो ।

    शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूका लागि स्थायी गर्नको विज्ञापन गरेर परीक्षाको मिति समेत तोकिसकेको छ । लामो समयसमम अस्थायी रूपमा कार्यरत शिक्षकहरू परीक्षा दिनको लागि जुटेका छन् । यस प्रतिष्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरूको आकर्षक र ठोस उत्तर दिन सक्ने कौशलताले अहम् भूमिका खेलेको हुन्छ । आयोगको परीक्षामा सफलता हासिल गर्न विषयवस्तुको बहुआयमिक अध्ययन हुनु जरुरी छ ।

    परीक्षाको तयारी क्रममा विभिन्न उपायहरू अपनाएर घनिभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लुहरूको जानकारी राख्नु बुद्धिमानी ठहर्छ । परीक्षाको तयारीका लागि स्रोत सामग्रीको रूपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरू, विशिष्टीकरण तालिकालाई विशेष आधार मान्न बिर्सनु हुन्न ।

    विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाइ, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ ।

    पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमुना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरूको जानकारी शिक्षक सेवा आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ । (न्यूज भण्डार)

    प्रकाशित मिति :माघ १९ २०७८ बुधवार - १४:०३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij