Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धीको फायल नै सही नआएपछि...

शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धीको फायल नै सही नआएपछि...


  • 19.5K
    Shares

    शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धीको फायल नै सही नआएपछि...
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) मा शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धी आएका फायल नै सही नआएको पाइएको छ ।

    केन्द्रमा  शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरको चनं ४५३ लगायत अन्य जिल्लाहरुबाट समेत विभिन्न चनं र मितिमा पठाइएका शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धी सक्कलै फाइलहरु  केन्द्रमा प्राप्त भएको भए पनि तोकिएको ढाँचामा एकिन गरी एकीकृत विवरण पठाउनु पर्नेमा अन्यथा भएको  हो ।

    केन्द्रले ती फाइल सम्बन्धित जिल्लामा नै पठाएको आज एक् सूचना जारी गरी जानकारी दिएको छ । केन्द्रको च।नं। २०० मिति २०७८ जेठ ९ को पत्रबाट सबै स्थानीय तहहरुतथा इकाइमा कार्यरत तथा अवकाश प्राप्त शिक्षकहरुको छुट प्राविधिक ग्रेड सम्बन्धमा  सर्वोच्च अदालतको  २०७६ जेठ १५ को रिट नं। ०७३ डब्लुओ०७४२ मा भएको आदेश कार्यान्वयनको सम्बन्धमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  २०७८ वैशाख २८ को मन्त्रीस्तरीय निर्णयानुसार शिक्षकहरुको छुट प्राविधिक ग्रेड प्रदान गर्ने आधार र प्रकिया पठाइ सकिएको छ ।

    इकाइले सोही अनुसार रुजु, सत्यापन गरी समष्टिगत ग्रेड रकम हिसाब गरी एकीकृत विवरण मात्रै पठाउन इकालाई  केन्द्रले निर्देशन दिएको छ । सो आधार र प्रकिया अनुसार छुट प्राविधिक ग्रेड प्रदान गर्न कुनै विद्यालयमा बजेट नपुग भई सम्बन्धित स्थानीय तहबाट नपुग रकम निकासा माग भई आएमा मात्र आवश्यक कागजात इकाइबाटै एकिन गरी नपुग रकम पछि सम्म फरक नपर्ने गरी यस केन्द्रमा संलग्न ढाँचामा स्थानीय तहगत क्रम मिलाएर पठाउन निर्देशन दिएको हो ।

    111.jpg

    222.jpg

    प्रकाशित मिति :माघ १९ २०७८ बुधवार - १३:२९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij