Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

किरण घिमिरेको ‘फेवा’ सार्वजनिक

किरण घिमिरेको ‘फेवा’ सार्वजनिक


  • 8.8K
    Shares

    किरण घिमिरेको ‘फेवा’ सार्वजनिक

    काठमाडौं । संगीतकर्मी किरण घिमिरे ‘माइकल’ को स्वरमा नयाँ गीत ‘फेवा‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा युवा युवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ ।

    पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा समावेश दृश्यहरु लोभलाग्दा छन् । गीतमा समावेश शब्द तथा संगीत मिठासपूर्ण लाग्छन् ।

    गीतमा संगीत पनि गायक माइकलको नै छ भने शब्द लेखनमा माइकललाई सुदिप आत्रेयले सघाएका छन् ।एरेञ्जको काम शैलेन्द्र एम. प्रधानले गरेका छन् । सारङ्गी हेमन्त कान्छा रसाइलीको छ । भिडियोतर्फ मोडलिङमा छुल्ठिम गुरुङ र तिर्थ कोजी फिचर्ड छन् ।

    गाउँले युवा युवतीको भुमिकामा प्रस्तुत भएका छुल्ठिम र तिर्थको प्रेम छुल्ठिमले गाउँ छोडेसँगै टुङ्गिन पुग्छ । सौरभ लामाले क्यामेरामा तारिफयोग्य काम पस्केका छन् भने सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ । हरी लामा र सुदिप आत्रेयले भिडियोलाई निर्माण गरेका हुन् ।

     

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १४:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij