Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने

सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने


  • 4.2K
    Shares

    सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने
    images
    कोभिड १९ को तीव्र सङ्क्रमणका कारण स्थगित भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटीका) सम्पुर्ण परीक्षाहरू फागुन ६ गते देखि पुनः सञ्चालन हुने भएका छन्।
     
    आज सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै स्थगित सबै परीक्षाहरू फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने जनाएको हो।
     
    गत माघ ११ गतेको निर्णयअनुसार स्थगन भएका सम्पूर्ण परीक्षाहरू कोभिड १९ संकट व्यवस्थापन केन्द्र  र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी संचालन हुने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले बताए।
     
    स्थगित परीक्षा परिषद्को हिजोको निर्णय अनुसार  अब फागुन ६ गतेदेखि सञ्चालन हुने र विस्तृत परीक्षा तालिका www.ctevtexam.org.np मा प्रकाशित गरिएको कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :माघ १९ २०७८ बुधवार - ११:१७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij