Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

नेकपाले प्रधानमन्त्रीलाई विरोध पत्र सहित संविधानको पुस्तक पठायो

नेकपाले प्रधानमन्त्रीलाई विरोध पत्र सहित संविधानको पुस्तक पठायो


  • 7.3K
    Shares

    नेकपाले प्रधानमन्त्रीलाई विरोध पत्र सहित संविधानको पुस्तक पठायो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक र विरोध पत्र पठाएको छ ।

    पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले संसद् विघटनविरुद्ध विरोधपत्र र संविधान पठाएको हो । नेकपा काठमाडौं जिल्ला कमिटी सचिव हिमाल शर्माले प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको जनाकारी दिए ।

    नेकपाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज सबै जिल्लामा संविधान र विरोधपत्र पठाएर राष्ट्रका नाममा क्षमायाचना गरी संसद् विघटनको कदम सच्याउन आग्रह गर्दैछ ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १४:२८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij