Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

शेयर बजार १९ अङ्कले बढ्याे, साढे ६ अर्ब रुपैयाँकाे काराेबार

शेयर बजार १९ अङ्कले बढ्याे, साढे ६ अर्ब रुपैयाँकाे काराेबार


  • 4.1K
    Shares

    शेयर बजार १९ अङ्कले बढ्याे, साढे ६ अर्ब रुपैयाँकाे काराेबार
    images

    सेयर बजारको परिसूचक नेप्से २९ सय अंक नजिक पुगेको छ । मंगलबार १९. २९ अंक बढेसँगै परिसूचक २८९१ अंकमा पुगेको हो । परिसूचक मात्रै नभई कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज बढेर ६ अर्ब ५६ करोड पुगेको छ । 

    बैंकिङ ५, विकास बैंक ८१, फाइनान्स ३६, जलविद्युत १०९, लघुवित्त ४९, निर्जीवन बीमा ९१ र अन्य उपसमूह १ अंकले बढे । होटल तथा पर्यटन २, जीवन बीमा १३, व्यापार ५ तथा उत्पादन उपसमूह १३ अंकले घटे । १४८ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने ६ को स्थिर रह्यो ।

    विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । नेसनल हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, माथिल्लो तामाकोसी र जलविद्युत लगानी तथा विकास कम्पनी कारोबारका आधारमा क्रमश: अगाडि रहे ।

    प्रकाशित मिति :माघ १८ २०७८ मंगलवार - १५:२५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij