२०८२ भाद्र ६ गते शुक्रवार
सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।
केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्रक रायमाझीले भन्नुभयो– ‘काठमाडौंसहित केही जिल्लाले केन्द्रको नाम पठाएपछि अन्य पक्रिया शुरू गर्नेछौं ।’
बोर्डले होम सेन्टर गरी परीक्षा गर्ने निर्णय गरे पनि परीक्षा केन्द्रका निरीक्षक हेरफेर गरिने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘कोभिड–१९ संक्रमण नियन्त्रणमा नआउँदै परीक्षा लिनुपरे विद्यालयमै परीक्षा केन्द्र राख्ने र नियन्त्रणमा आए केन्द्र कायम गरी परीक्षा लिने गरी व्यवस्थापन गर्न लागेका छौं ।’
बोर्डको बैठकले यसअघि नै एसईई परीक्षा वैशाख र कक्षा १२ को जेठमा गर्ने निर्णय गरिसकेकोले सोही आधारमा परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय तहको निर्वाचन जेठमा हुने लगभग पक्का भएकाले तालिका सार्वजनिक गर्न समस्या नभएको बताउनुभयो ।
दुई तहको परीक्षा गर्ने महिना घोषणा गरेसँगै बोर्डले हिजो आइतबार प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, बोर्डअन्तर्गतको सातवटै प्रदेश कार्यालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका सचिव, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख लगायतसँग भच्र्युअल छलफल गरेको थियो ।
सो क्रममा अधिकांशले संविधान र शिक्षा ऐनमा उल्लेख भएको विषय बाहिर गएर प्रदेश सरकारले परीक्षा सञ्चालन गर्न नसक्ने धारणा राखेका थिए । उनीहरूले शिक्षा ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएको कारण प्रदेशले परीक्षा सञ्चालन गर्न सम्भव नभएको धारणा राखेका थिए ।
वि।सं। २०७६ मा जारी शिक्षा ऐनको आठौं संशोधनमा कक्षा १० को अन्तिम परीक्षा क्षेत्र र १२ को परीक्षा केन्द्रले अर्थात राष्ट्रिय परीक्षा बोर्डले लिने उल्लेख छ ।
मुलुक संघीयतामा गैसकेको र क्षेत्रको अवधारण खारेज भई प्रदेशको संरचना भइसक्दा पनि शिक्षा ऐनमा कक्षा १० को अन्तिम परीक्षा ९एसईई० क्षत्रले लिने उल्लेख भएको थियो ।
त्यस्तै शिक्षा ऐनको दफा ५ को उपदफा ४ ९ट० मा प्रष्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था छ । बोर्डको बैठकमा शिक्षा ऐन संशोधन नभएसम्म यो परीक्षा प्रदेश वा विद्यालयबाट लिन सम्भव नभएको निष्कर्ष निक्लिएकोले बोर्ड केन्द्रबाटै परीक्षा सञ्चालन गर्ने निक्र्यौलमा पुगेको हो । बैठकमा प्रदेश र स्थानीय तहको सहयोगमा केन्द्रबाट परीक्षा लिने विषयमा छलफल भएको थियो ।
छलफलकै क्रममा एसईई परीक्षाको मोडल कक्षा १२ को जस्तै हुनुपर्ने सुझाव पनि आएका थिए । बैठकमा सहभागी एक अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘हामीले अनलाईनमार्फत प्रश्नपत्र पठाउने र कोभिड संक्रमणको कारण भीडभाड नहुनेगरी होम सेन्टरबाटै परीक्षा लिने व्यवस्था गर्न सुझाव दिएका छौं ।’
बोर्डका अध्यक्ष शर्माले परीक्षाको मोडालिटी, प्रक्रिया र परीक्षा केन्द्रलगायत सबै विषयमा सबै सराकारवालाबाट प्राप्त सुझावको आधारमा बोर्डको बैठकबाट निर्णय गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘छलफल लगभग सकेका छांै, केही दिनपछि बैठक बसेर सबै विषयमा निर्णय गर्नेछौं ।’
वैशाख दोस्रो सातामा एसईई परीक्षा गर्ने लगभग निश्चित भएपछि परीक्षा नियन्त्रण कार्यालय –कक्षा १०० ले परीक्षाको प्रक्रिया शुरू गरिसकेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसईई परीक्षाको प्रश्नपत्र निर्माण प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो ।
बोर्डले यो वर्ष गत वर्षकै उत्तरपुस्तिका प्रयोग गर्ने तयारी गरेको छ । बोर्डले सबै जिल्लास्थित केन्द्र, बोर्डको कार्यालय र प्रदेश कार्यालयमा उत्तरपुस्तिका पु¥याइसकेको थियो । अन्तिम समयमा परीक्षा स्थगित भएपछि ती उत्तरपुस्तिका सम्बन्धित निकायमा राखिएका छन् ।
कतिपय विद्यालयले ती उत्तरपुस्तिकाहरू कक्षा ११ र १२ को परीक्षामा प्रयोग भएको बताएका छन् । बोर्डले सबै उत्तरपुस्तिकाको रेकर्ड माग गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले गत वर्ष कोभिड–१९ संक्रमणको जोखिम नघटेको कारण जनाउँदै शिक्षा नियमावली संशोधन गरी आन्तरिक मूल्याङनबाट परीक्षा लिने निर्णय गरेको थियो । उक्त निर्णयसँगै जेठ १३ बाट एसईई परीक्षा शुरू भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij