Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

निस्दीमा कर्मचारीको तलब बढ्यो, कसको कति?

निस्दीमा कर्मचारीको तलब बढ्यो, कसको कति?


  • 8.7K
    Shares

    निस्दीमा कर्मचारीको तलब बढ्यो, कसको कति?
    images

    पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिकाभित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ । गाउँसभाले विद्यालय सञ्चालनको स्तर अनुसार तलब निर्धारण गरेको हो ।

    माध्यमिक विद्यालयमा कार्यरत लेखापालको तलव मासिक रु १६ हजार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको रु १५ हजार ४०० पुर्‍याइएको छ । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने विद्यालयका कार्यालय सहयोगीको रु १५ हजार र कक्षा १ देखि ५ सम्मकाको रु १५ हजार १०० तलब कायम गरेको छ ।

     

    यसैगरी कक्षा १ देखि ८ सम्मका विद्यालयमा कार्यरत कार्यालय सहयोगीको रु १५ हजार २०० र १२ कक्षासम्मका विद्यालयमा कार्यरतको तलब रु १५ हजार ३०० पुर्‍याइएको छ । शिक्षक, पत्रकार र कर्मचारी सम्मानित गाउँसभाले शिक्षक, पत्रकार र कर्मचारीलाई सम्मान गरेको छ ।

    सम्मानित हुनेमा जनता मावि निस्दी, गल्धाका गीमबहादुर जर्घा, मित्याल आधारभूत विद्यालय निस्दी, मित्यालकी तम्सरी खाम्चा, जीवनज्योती आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्रसिंह आलेलगायत रहेका छन् । उहाँहरुलाई जनही रु १० हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । रासस

     

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १६:५९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij