Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कोरोना महामारीका कारण रोकिएको त्रिविको परीक्षा फागुनमा हुने गरी पदाधिकारीको बैठकले गर्यो यस्तो निर्णय

कोरोना महामारीका कारण रोकिएको त्रिविको परीक्षा फागुनमा हुने गरी पदाधिकारीको बैठकले गर्यो यस्तो निर्णय


  • 7.4K
    Shares

    कोरोना महामारीका कारण रोकिएको त्रिविको परीक्षा फागुनमा हुने गरी पदाधिकारीको बैठकले गर्यो यस्तो निर्णय

    कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।

    सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो ।

    ‘स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्छौं,’ त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बैठकपछि भने । 

    काेभिड संक्रमण बढेसँगै  त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका  थिए ।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १४:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij