Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु

स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु


  • 2.7K
    Shares

    स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु
    images

    कञ्चनपुर। कञ्चनपुरमा स्कुटर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। दुर्घटनामा भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो।

    बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से७प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा गएराति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए।

    यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० कलुवापुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना घाइते भएका छन्।

    शुक्लाफाँटा नगरपालिकाका हरिदत्त जोशीले चलाएको सुप प्र ०२–०० प ४५५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको सुप प्र ०२–००३ प ४५५९ नम्बरको मोटरसाइकल आपसका ठोक्किएका हुन्।

    दुर्घटनामा भीमदत्त नगरपालिका–६ का २८ वर्षीय पवन डगौँरासमेत घाइते भएका छन्। उनको कैलालीको धनगढीस्थ्ति माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।     

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १३:३६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij