Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्तको आईपीओ निष्कासन हुँदै, कतिसम्म दिने आवेदन ?

शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्तको आईपीओ निष्कासन हुँदै, कतिसम्म दिने आवेदन ?


  • 4.8K
    Shares

    शुक्रबारदेखि  जाल्पा सामुदायीक लघुवित्तको आईपीओ निष्कासन हुँदै, कतिसम्म दिने आवेदन ?
    images

    काठमाडौं । माघ २१ गते शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्तको आईपीओ निसकान हुन लागेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँ ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

    जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    आईपीओमा माघ २१ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमाद फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

    यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । यसअघि आइपीओ निष्काशन हुँदा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने गरेको थियो ।

    पछिल्लो सयम निष्कासन भईरहेको आईपीओमा २० लाख बढिले आवेदन दिने गरेका छन् । जसले गर्दा लगानीकर्ताले १० कित्ताको लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ । लक्की ड्र गरेर बाँडफाँड हुने भएकोले भाग्यमानी आवेदनकर्ताले १० कित्ता पाउनेछन् ।

    लघुवित्तको आईपीओ धितोपत्र बोर्डको निर्देशिका अनुसार बाँडफाँड हुँदा ५२ हजार २०० जनाले मात्र १० कित्ताको दरले आईपीओ हात पार्नेछन् ।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - ११:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij