Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अधिकृतलाई छाडेर नासुलाई प्रमुखको जिम्मेवारी घोषणा

अधिकृतलाई छाडेर नासुलाई प्रमुखको जिम्मेवारी घोषणा


  • 2.5K
    Shares

    अधिकृतलाई छाडेर नासुलाई प्रमुखको जिम्मेवारी घोषणा
    images

    राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना अधिकृतलाई पाखा लगाउँदै काजमा कार्यरत नायब सुब्बालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ ।

    मन्त्रालयले गत माघ ९ गते नायब सुब्बा अरुणकुमार यादवलाई अर्को प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म निमित्तको जिम्मेवारी सुम्पेको हो । वरिष्ठ अधिकृतहरू हुँदाहुँदै नासुलाई जिम्मेवारी दिएपछि गाउँपालिकाका अधिकृतहरूले मन्त्रालयमा निवेदन दिँदै कनिष्टको मातहतमा रहेर काम गर्न नसकिने जनाएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत वा भएका अधिकृतमध्ये कसैलाई जिम्मेवारी दिन उनीहरूले आग्रह गरेका छन् ।

    छिन्नमस्ता सधैं विवादमा रहँदै आएको छ । कहिले अध्यक्ष र उपाध्यक्षबीच झडप भएर अध्यक्षको दाँत भाँचिने, कहिले दुई आर्थिक वर्षसम्म गाउँसभा नै गर्न नसक्ने, वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्तासमेत वितरण गर्न नसक्ने, विद्यालयमा बालबालिकाले पाठ्यपुस्तक दिन नसक्ने, शिक्षक कर्मचारीले तलब नपाउनेलगायत समस्याका कारण यो पालिका विवादमा रहँदै आएको छ ।

    लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको काम नै अघि बढ्न नसकेको अवस्थामा मन्त्रालयले नासुलाई जिम्मेवारी दिएको छ । तर, मन्त्रालयको निर्णयले अर्को विवाद थपिएको छ ।

    नासु यादव गाउँपालिकामा काजमा कार्यरत छन् । उनको दरबन्दी मन्त्रालयमा नै छ । गत भदौमा प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहको छिन्नमस्ताबाट सरुवा भएको थियो । त्यसयता पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १०:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij