२०८२ मंसिर ६ गते शनिवार
भारत । भारतमा कोरोनाको दैनिक नयाँ संक्रमित थपिनेको संख्यामा गिरावट यथावत् छ । पछिल्लो २४ घण्टामा दुई लाख ८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो अवधिमा दुई लाख ६१ हजार भन्दा धेरै कारोनाबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या ६९ ले बढी हो ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख २४ हजार रहेको छ । कोरोनाको तेस्रो लहरमा भारतमा जनवरी २० मा सबैभन्दा धेरै संक्रमित (३ लाख ४७ हजार भन्दा बढी) थपिएका थिए । पछिल्लो दश दिन यता संक्रमित थपिने क्रम ओरालो लागिरहेको छ । यद्यपी, मृतको संख्या भने बढेको छ ।
भारतको केरल, कर्नाटक, महाराष्ट्र, तमिलनाडु र आन्ध्र प्रदेश सबैभन्दा धेरै प्रभावित राज्य हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij