Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेपालमा कोरोना: ३२ जनाको मृत्यु, ३५४० संक्रमित थपिए

नेपालमा कोरोना: ३२ जनाको मृत्यु, ३५४० संक्रमित थपिए


  • 2.9K
    Shares

    नेपालमा कोरोना:  ३२ जनाको मृत्यु, ३५४० संक्रमित थपिए
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएको आइतबार जानकारी दिएको हो ।

    ९ हजार ९१० पीसीआर परीक्षण गर्दा ३ हजार ४९ मा संक्रमण पुष्टि भएको र ३ हजार २३५ मा एन्टिजेन परीक्षण हुँदा ४९१ मा पोजिटिभ देखिएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या भने ६ हजार ३५९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्। नेपालमा पछिल्ला ४ दिनको अवधिमा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले माघ १३ देखि १६ गतेसम्ममा संक्रमणबाट ३२ जनाको मृत्यु भएको जानकारी दिएकी हुन् ।

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १६:४४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij