२०८२ भाद्र २० गते शुक्रवार
अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् ।
बिहीबार टेस्लाको सेयर ६ प्रतिशतले बढेपछि एलन मस्क विश्व कै धनी व्यक्ति बनेको ब्लुमबर्ग पत्रिकाले जनाएको छ । ब्लुमबर्ग पत्रिकाका अनुशार हाल एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुगेको हो भने बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात् १ सय ८७ अर्ब रहेको छ ।
बिल गेट्स भने यो सूचीमा तेस्रो स्थानमा रहेको छ । उनको सम्पत्ति १ सय ३२ अर्ब डलर रहेको छ । मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए ।
त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए । मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij